वीरगंजको नारायणी अस्पतालले सुरु गर्‍यो कोरोनाको पिसिआर टेस्ट, ५५ सय शुल्क तिर्नुपर्ने

वीरगंजको नारायणी अस्पतालले सुरु गर्‍यो कोरोनाको पिसिआर टेस्ट, ५५ सय शुल्क तिर्नुपर्ने


वीरगंज – पर्साकाे वीरगञ्जस्थित नारायणी अस्पतालमा पैसा तिरेर पीसीआर टेष्ट गर्न सकिने भएको छ । हाल मोफसलका ६ वटा ल्याबले शुल्क तिरेर पीसीआर परीक्षणका लागि स्वीकृति पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले शुल्क तिरेर पीसीआर परीक्षणका लागि स्वीकृति दिइएको हो ।

कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगंज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला, लुम्बिनी अस्पताल बुटवल, प्रादेशिक जनस्वास्थ्य सुर्खेत, प्रादेशिक प्रयोगशाला धनगढीमा सर्वसाधारणले ५ हजार ५ सय रुपैंयाँ तिरेर परीक्षण गराउन सकिने निर्देशन जारी गरिएको थियो ।

‘शंकास्पद, कन्ट्रयाक्ट् ट्रेसिङमा परेका वा इच्छुक जो कोहिले पिसिआर टेस्ट गराउन मिल्ने सेवा शुरु गरेको छ ।’ अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले भने ।