काठमाण्डु– नारायणी नदिमा डुवेका दुई जनाको शव फेला परेको छ ।
पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायाणी नदिमा बेपत्ता भएका १३ वर्षिय दिक्षा सेर्पुञ्जा र ९ वर्षिय स्वपनिल सेर्पुञ्जाको शव फेला परेको हो ।
नुहाउने क्रममा मंगलबार साँझ नदिमा डुवेर बेपत्ता भएका उनीहरुको सशस्त्र प्रहरीको गोताखोरले बुधबार शव फेला पारेको हो ।
उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वपनिलको शब ३५ फिट गहिराईबाट बिहान ११ः३० बजे र दिक्षाको शब ५० फिट गहिराईबाट अपरान्ह १२ः३० बजे निकालेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया