नारायणकाजी भन्छन्, ‘बामपन्थीको बहुमतको सरकार बन्छ’

नारायणकाजी भन्छन्, ‘बामपन्थीको बहुमतको सरकार बन्छ’


गोरखा– नेकपा (माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बाम गठबन्धनले बहुमत ल्याएर स्थिर सरकार बनाउने बताएका छन्।

 

गृहजिल्ला गोरखा पुगेका नेता श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गर्दै अब चुनावबाट वाम गठबन्धनले बहुमतको सरकार बनाउने दाबी गरे।

 

बामपन्थी पाटीबीचको एकतालाई पूर्णता दिन आवश्यक रहेको उनले बताए।

 

वामपन्थीको स्थिर सरकारले शान्ति र समृद्धिको ढोका खोल्दै मुलुकको काचुली फेर्ने नेता श्रेष्ठको भनाई थियो।

 

नेता श्रेष्ठले नयाँ शक्ति संयोजक बावुराम भट्टराई आफनै कारणले बामगठबन्धनबाट बाहिरिएको तर्क गरे। शक्ति सामथ्र्य भन्दा भट्टराईले धेरै सिट मागेपछि गठबन्धनले दिन नसकेको उनले उल्लेख गरे।
श्रेष्ठ र भट्टराई गोरखा २ बाट चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।

 

गोरखा २ वामपन्थी क्रान्तिकारीको किल्ला भएको, संगठन राम्रो भएको, वाम गठबन्धनले गर्दा कार्यकर्तामा उच्च मनोबल रहेको र कार्यदिशा स्पष्ट भएकाले आफूले निर्वाचन जित्ने श्रेष्ठको तर्क छ।