काठमाण्डु – सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको बैठक निर्धारित समयमा बस्ने जानकारी दिएका छन् ।
बुधबार १ बजेका लागि बोलाइएको सचिवालयको बैठक सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्दै आएका थिए ।
उनले बहुमत सचिवालय सदस्यहरुले बैठक सार्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको जानकारी दिए । आजको सचिवालय बैठकमा केहीबेर सहभागी भएर प्रधानमन्त्री अोली २ बजेको मन्त्रिपरिषद् बैठकमा सहभागी हुनेछन् ।
‘हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ’, उनले भने ।
अध्यक्ष प्रचण्डले गत शुक्रबारको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै आएका प्रधानमन्त्री ओलीले मंगलबार महासचिव विष्णु पौडेलमार्फत बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया