काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सकमक्षी नरेन्द मोदीबीच थाइल्यान्डमा भेटवार्ता भएको छ ।
शुक्रबार थाइल्यान्डको बैंककमा एक्लाएक्लै भेटवार्ता भएको हो।
भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले ओलीसँगको भेटवार्ता फलदायी रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको बताए ।
नेपाली भाषामा लेख्दै उनले ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले भनेका छन्, ‘भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ ।’
‘हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।’ उनले भने ।

प्रतिक्रिया