काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल आउने बताएका छन् ।
मंगलबार विराटनगरमा निर्माण भएको एकीकृत भन्सार चौकी (आईसीपी)को भिडियो कन्फरेन्समार्फत संयुक्त रुपमा उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको कार्यक्रम बनाइरहेको बताएका हुन् ।
उनले भने, ‘यसै वर्ष नेपाल भ्रमण गर्ने कार्यक्रम बनाएको छ । नेपाली जनताको दर्शन गर्ने अवसर फेरि पाउनेछु ।’ उनले सम्बोधनको सुरुवात र अन्त्य भने नेपाली भाषामा गरेका थिए । मन्तव्यको अन्तिममा उनले भने, ‘अन्तमा तपाईहरु सबैलाई धेरै शुभकामना दिन्छु, फेरि भेट होला, नमस्कार ।’
मोदीले नयाँ वर्षको शुभकामना पनि दिएका छन् ।
उनले नेपालको भूकम्पपछिको पुनर्निमाणमा नेपालसँग हातमा हात मिलाएर अगाडि बढेको बताए।
यसअधि सम्बोधन गर्ने क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।
प्रतिक्रिया