वासिङटन – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रयान–२ को विक्रम ल्यान्डरको विषयलाई लिएर ठूलो खुलासा गरेको छ । नासाले ट्वीट गर्दै चन्द्रमाको सतहमा चन्द्रयानको विक्रम ल्यान्डरलाई फेला पारेको जानकारी दियो ।
नासाको दावी अनुसार चन्द्रयान–२ को विक्रम ल्यान्डरको टुक्रा दुर्घटना भएको ७५० मिटर पर फेला परेको थियो । भग्नावशेषको तीनवटा ठूला टुक्रा २ गुना २ पिक्सेलको हो । नासाले गत राती करिब १ः३० बजे विक्रम ल्यान्डरको इम्प्याक्ट साइटको तस्बिर सार्वजनिक गरेको छ । आफुलाई विक्रम ल्यान्डरको तीन टुक्रा मिलेको नासाले जनाएको छ ।
नासाका अनुसार विक्रम ल्यान्डरको तस्बिर एक किलोमिटरको दुरीबाट लिइएको हो । यो तस्बिरमा साइल इम्प्याक्ट पनि देखिएको थियो ।
यसैबीच भारतीय अन्तरिक्षा एजेन्सी इसरोले नासासँग सम्पर्क गरेर विक्रम ल्यान्डरको इम्प्याक्ट साइटको जानकारी मागेको छ । उपलव्ध जानकारी अनुसार नासाले इसरोलाई एक पूर्ण जानकारी दिनेछ जसमा विक्रम ल्यान्डरसँग सम्बन्धित धेरै जानकारी मिल्न सक्छ ।
प्रतिक्रिया