काठमाडाैँ – गृहमन्त्री रामबहादुर थापाले सुशासन, शान्ति स्थापना, विकास र समृद्धिलाई उचाइमा पु¥याउने मुख्य जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागको काँधमा आएको बताएका छन् । विभागको आज निरीक्षण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले प्राप्त गरेको उपलब्धिको रक्षा एवं सुदृढीकरण गर्ने मूल जिम्मेवारी पनि निर्वाह गर्न अनुरोध गरे ।
विभागबाट प्रवाह हुने सूचना प्रणालीलाई थप चुस्त र दुरुस्त बनाउन कार्ययोजना निर्माण गरी सामूहिक रुपमा अघि बढ्न आवश्यक रहेकामा गृहमन्त्री थापाले जोड दिएकाे विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
विभागका कर्मचारीलाई उच्च मनोबलका साथ कामप्रति उत्पेरित गर्न तालीम, सीप र ज्ञान प्रदान गरिनुपर्ने, विभागलाई पुनःसंगठित र साधन सम्पन्न बनाउन जरुरी रहेको उनकाे भनार्इ रहेकाे थियाे ।
सो अवसरमा गृहसचिव मोहनकृष्ण सापकोटाको पनि उपस्थिति थियो । सो अवसरमा विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले हालसम्म सम्पादन भइरहेका काम कारबाही, भावी योजनाका विषयमा जानकारी गराए ।
प्रतिक्रिया