‘सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्छ’ : कार्यबाहक प्रधानमन्त्री पोखरेल

‘सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्छ’ : कार्यबाहक प्रधानमन्त्री पोखरेल


काठमाडौँ – कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको आर्सनल कार्यालय, सुन्दरीजलको शुक्रबार निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा नेपाली सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्ने बताउँदै उनले सेनालाई लोकतान्त्रिककरण नभई व्यवसायीकरण गर्न निर्देशन दिदै उनले भने “नेपाली सेनाको अनुहारमा राष्ट्रिय एकताको तस्बिर देख्छौँ ” ।  उनले भने

नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अतुलनीय योगदान गरेको जनाउँदै उननले यो संस्था नेपाली जनताको भरपर्दो स्तम्भको रुपमा रहेको उल्लेख गरे ।  कार्यक्रममा नेपाली सेनाका कामु प्रधानसेनापति पूर्णचन्द्र थापालगायत उपस्थित हुनुहुन्थ्यो ।