नवराज सिलवाललाई जिताउन उम्मेदवारी स्थगन गरे आकाश लामाले

नवराज सिलवाललाई जिताउन उम्मेदवारी स्थगन गरे आकाश लामाले


ललितपुर– ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका आकाश लामा अन्ततः मैदानबाट पछि हटेका छन्।

 

वाम गठबन्धनकातर्फबाट उम्मेदवार बनेका एमाले नेता नवराज सिलवाललाई समर्थन गर्दै लामाले उम्मेदवारी स्थगन गरेका हुन्।

 

 

शनिबार गोटिखेलमा आयोजित वाम गठबन्धनको जनसभामा लामाले  ललितपुरको विकासलाई वाम गठबन्धनले मात्र अघि बढाउन सक्ने र त्यसको लागि दुरदर्शी भिजन नवराज सिल्वालसँग रहेकोले आफूले उम्मेदवारी स्थगन गरेको घोषणा गरे।

 

निर्वाचनमार्फत् सिलवाललाई जिताउन आवश्यक रहेको उल्लेख गर्दै लामाले सहयोग गर्न अपील गरे।

 

यसैगरी, चुनावी सभामा ललितपुर १ ‘क’ प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका कुमार बरामले पनि बाम गठबन्धनकी उम्मेदवार लालकुमारी पुन (सुशीला) लाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।