राजधानी नजिक भएर पनि ललितपुर उपेक्षित छ, म नमुना जिल्ला बनाउछुः नवराज सिलवाल

राजधानी नजिक भएर पनि ललितपुर उपेक्षित छ, म नमुना जिल्ला बनाउछुः नवराज सिलवाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पुर्व डिआईजी नवराज सिलवालले देश र विदेशमा रहेका सम्पुर्ण जनताको आवाज बन्ने दाबी गरेका छन् । वाम गठवन्धनबाट ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका सिलवालले राजनितीमा लाग्नुको आफ्नो उद्देश्य अन्यायको विरुद्ध लड्न भएको दाबी गरेका हुन ।

 

 

 

एबिसी टेलिभजनसंग अन्र्तवार्ता दिदै बुधवार सिलवालले भने ‘देश र विदेशमा रहेका सम्पुर्ण जनता जो अन्याय भोगीरहेका छन् त्यसको विरुद्धमा म लड्छु, म उत्पिडीत जनताको आवाज बन्न चाहन्छु । ’

 

 

 

सिलवालले  आफु विधीको शासन,सुसासन र पारदर्शीता नारा लिएर राजनीतिमा प्रवेश गरेको बताए । उनले देशमा ब्यापक गरिवी भएको भन्दै आर्थीक विकास विना मुलुकको समस्या हल नहुने दाबी गरे ।

 

 

 

आफ्नो निर्वाचन क्षेत्र राजधानी नजिक भएर पनि विकासको दृष्टीले निकै पछाडी परेको उल्लेख गर्दै उम्मेदवार सिलवालले आफु निर्वाचित भए जिल्लाको मुहार फेर्ने दापी गरे ।

 

 

 

‘म उम्मेदवार भएपछि सवैतिर घुमे,राजधानीको नजिक भएर पनि हाम्रो क्षेत्र निकै पछाडी छ, यस्तो देख्दा मलाई दुख लागेर आयो, अव म यो क्षेत्रको विकासको लागी कटिबद्ध भएर लाग्छु ।’ सिलवालले अन्र्तवार्तामा भने ।

 

 

 

 

उनले भुकम्प पिडीत जनताले अहिलेसम्म पनि राहत पाउन नसकेको गुनासो गर्दै यो भन्दा पहिले जितेका जनप्रतिनीधीले जनताको समस्या समाधान गर्न नसकेको आरोप लगाए ।
‘सत्तामा बसेका जनप्रतिनीधीले यो क्षेत्रलाई हेरेनन्, राज्यबाट पनि ललितपुर अपहेलित भएको महसुस भयो ।’ सिलवालले भने ।

 

 
सिलवालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विधीको शासन नमानेको आरोप लगाए ।  

 

 

 

राजनीति सम्भावनाको खेल भएको भन्दै सिलवालले सत्तामा बसेका पार्टीहरुले आफुमाथी अन्याय गरेको बताए । एमालेले अन्यायको विरुद्धमा बोलेकोले आफुले एमाले नै रोजेको सिलवालको दाबी थियो ।

 

 

 

‘जिम्मेवार प्रतिपक्षको हिसावले म माथी अन्याय हुदा एमालेले बोल्यो,राज्यमा विधीको शासन हुनुपर्छ भन्नेमा एमाले र एमालेका नेताहरु उभिनुभयो,त्यसले पनि मलाई एमालेमा राजनीति गर्न मन लाग्यो ।’ सिलवालले भने  ।

 

 

 

उनले कुशल प्रहरी अधिकृत हुन राजनितीक बुझेको हुनैपर्ने बताए । सिलवालले भने  ‘ प्रहरीमा लागेर राजनीति गर्न भने गर्न मिल्दैन तर कुशल प्रहरी अधिकृत हुन देशको मात्र होईन अन्र्तराष्ट्रिय परिस्थिती  र राजनीति भने बुझेको हुनुपर्छ ।’

 

 

 

उनले प्रजातन्त्रको नाम भजाउने कांग्रेसले स्वतन्त्र न्यायपालिकाको विरुद्धमा काम गरेको आरोप समेत लगाए ।

 

 

सिलवालले प्रहरीलबाट राजिनामा दिएपछि आफु कोलम्बिया युनिभर्सिटीमा प्राध्यापनका लागी जाने तयारी गरिरहेको अवस्थामा राज्यले समयमै राजीनामा स्विकृत नगर्दा आफ्नो बाटो मोडिएको खुलासा समेत गरेका छन् ।

 

 

‘हो राज्यले म माथि अन्याय नगरेको भए म अहिले निर्वाचनको सुरक्षामा केन्द्रित भएको हुन्थे होला, तर राज्यले न्याय त दिएन नै, राजिनामा पनि समयमै स्विकृत नगर्दा अर्को अन्याय गर्यो र अहिले म निर्वाचनको मैदानमा छु  । ’उनले भने ।