किन आए नवाजुद्दिन सिद्दिकी काठमाडाैं ?

किन आए नवाजुद्दिन सिद्दिकी काठमाडाैं ?


काठमाण्डु–बलीउड अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आएका छन् ।

नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी शनिबार काठमाडौ आएका हुन् ।

शनिबार दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलमा अभिनेता सिद्धिकीलाई साम्बालाका निर्देशक मीन भाम लगायतले स्वागत गरेका थिए ।

यसअघि निर्देशक भामसँग बर्लिन फिल्म फेस्टिभलमा नवाजुद्दिनसँग भेट भएको थियो । नवाजुद्दिनले त्यतिबेलै ‘साम्बाला’ हेर्न चाहेका थिए ।

तिब्बती र नेपाली भाषामा बनेको यो फिल्ममा थिन्ले ल्हामो र सोनम तोप्देनको मूख्य अभिनय रहेको छ ।