मुलुकको समृद्धिको सपना पूरा गर्ने सांसद सिलवालकाे उद्घाेष

मुलुकको समृद्धिको सपना पूरा गर्ने सांसद सिलवालकाे उद्घाेष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –एमाले सांसद नवराज सिलवालले मुलुकको समृद्धिको सपना पूरा गर्न काम गर्ने प्रतिवद्धता जनाएका छन्। ललितपुर १ बाट निर्वाचित सांसद सिलवालले आइतबार शपथ ग्रहण पश्चात भने, ‘समृद्धिको जुन नयाँ अभियानमा मुलुक अगाडी बढेको छ। मुलुकले स्थायी सरकार पाएको छ।

मुलुकको समृद्धिको मुद्दा, मिसनमा आफ्नो क्षमता, अनुभव, ज्ञानले भ्याएसम्म योगदान गर्ने उल्लेख गर्दै पूर्वडिआइजी समेत रहेका सिलवालले लामो समयपछि मुलुकले स्थायी सरकार पाएकाले अब कसैले कसैप्रति पूर्वाग्रही हुनुनपर्ने बताए।

सिलवालले शपथग्रहण गरेर आफू व्यक्तिबाट संस्था भएको समेत बताए। संस्थाका हिसाबले व्यक्तिगत स्वार्थ र राजनीतिक पूर्वाग्रह भन्दा माथि उठेर मूलुक र जनताका लागि काम गर्ने उनले बताए।