काठमाडौं– डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल निकट महिला महासंघ नै माओवादी केन्द्रमा समाहित भएको छ।
नयाँ शक्तिको महिला शक्ति महासंघ र माओवादी केन्द्र निकट महिला संगठन अनेमसंघ क्रान्तिकारीबीच शनिबार एकता भएको होे।
महासंघ र अनेमसंघ क्रान्तिकारीबीच माओवादी पार्टी कार्यलयमा एकता भएको छ। नयाँ शक्तिको महिला शक्ति महासंघ लमजम शेर्पाको नेतृत्वमा एकतामा आएको हो।
सो एकता प्रक्रियामा नेकपा संयुक्त पार्टीको नेपाल महिला फेडरेशन समेत सहभागी भएकोछ।
प्रतिक्रिया