नयांबसपार्कमा भारतीय पर्यटक लुटिए,चार युवतीसहित सात जना पक्राउ

नयांबसपार्कमा भारतीय पर्यटक लुटिए,चार युवतीसहित सात जना पक्राउ


काठमाडाैं – राजधानीको नयांबसपार्कमा रहेको स्टार नाइट क्लवमा लगेर भारतीय तीर्थयात्री प्रमोद कुमार गुप्ता लगायत तीन जनालाई लुटपाट गरेको अभियोगमा चार युवती र तीन युवक गरी ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली, जिनख-७ का २२ वर्षीया निर्मला तामाङ, उदयपुर, बाँसबोटेकी २० वर्षीया रुपा राई र सर्लाही, रानीगञ्ज-४ की १८ वर्षीया रोशनी तामाङ छन् । त्यस्तै, संखुवासभा, रामवेनी-७ का २३ वर्षीय ओम राई, ओखलढुंगा, लिखु-८ का २७ वर्षीय मेघबहादुर मगर र नुवाकोट विदुर नगरपालिकाका २५ वर्षीय विनोद अर्याललाई महानगरीय प्रहरी बृत्त महाराजगन्जको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरेर विस्तृत अनुसन्धान थालिएको महाराजगञ्जका प्रहरी प्रमुख  (डीएसपी) फडिन्द्र प्रसाईंले बताए । उनीहरुको साथबाट लुटेराहरुले १३ हजार ५ सय भारु लुटेको प्रहरीले जनाएको छ । उनीहरुले भारतीय यात्रीलाई पशुपतिबाट राम्रो होटलमा लगिदिने बहानामा स्टार क्लवमा लगेर लुटेका थिए ।

ती भारतीय नागरिक भने स्वदेश फर्किसकेको महानगरीय प्रहरी बृत्त महाराजगन्जका प्रमुख डीएसपी फडिन्द्र प्रसाईले जानकारी दिए । धार्मिक भ्रमणमा आएका वेला राजधानीमै लुटिएपछि बर्मा परिवार अहिले भारत फर्किइसकेको छ ।

प्रारम्भमा उनीहरुले प्रहरीलाई निखित निवेदन दिन समेत मानेका थिएनन् । तर, पक्राउ गरेर उनीहरुलाई कारबाही हुने विश्वास दिलाइसकेपछि मात्र बर्मा परिवारले प्रहरीमा लिखित निवेदन दिएका थिए ।  प्रहरीले निवेदनको आधारमा सात जनामाथि नयाँ मुलुकी संहितामा भएको व्यवस्था अनुरुप चोरी तथा डाँका मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।