नासिकमा राष्ट्रिय भेला गर्दै नयाँ शक्तिको अन्तरार्ष्ट्रिय नेपाली समाज भारत

नासिकमा राष्ट्रिय भेला गर्दै नयाँ शक्तिको अन्तरार्ष्ट्रिय नेपाली समाज भारत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– नयाँ शक्ति पार्टी प्रवास शाखा अन्तर्राष्ट्रिय नेपाली समाज भारतले  अगष्ट ११ र १२ मा महाराष्ट्र राज्यको नासिकमा राष्ट्रिय भेला गर्ने  भएकाे छ।

‘पाँच भिजन पाँच मिसन’ भन्ने  नारासहित गर्न लागिएको राष्ट्र भेलालाई पार्टी कार्यालय सदस्य स्कुललिङ विभाग प्रमुख डम्बर खतिवडा, प्रवास प्रादेशिक इन्चार्ज देवेन्द्र पराजुली र  सचिवालय सदस्य कृष्णकुमार चौधरीले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ।

लुम्बिनी बैठकले एक वर्षभित्र सबै तहका जन वर्गीय संगठन पार्टी कमिटीले राष्ट्रिय भेला अधिवेशन गरिसक्ने भन्ने निर्णय गरेको थियो। लुम्बिनी बैठकलाई आधार मान्दै अन्तर्राष्ट्रिय नेपाली समाज भारतले पनि राष्ट्रिय भेला गर्न लागिएको जानकारी संगठनका  अध्यक्ष प्रकाश नेपालीले जानकारी दिए।

भारतका सबै राज्यहरुमा भेला अधिवेशन गरि सकिय हुनाले अब राष्ट्रिय भेलामार्फत संगठनलाई चलाएनमान बनाइ पुरानो पार्टीको विकल्पमा नयाँ वैकल्पिक पार्टी निर्माण अभियानमा लगाउने उनले जानकारी दिए।

संगठनका माहासचिव लोकेन्द्र सेर्पालीले राष्ट्रिय भेलाको लागि सम्पूर्ण तयारी पुरा भैसकेको बताए। राष्ट्रिय भेलामार्फत नयाँ शक्ति पार्टी प्रवास शाखलार्इ सशक्त ढंगले लैजाने र प्रवासी नेपालीहरुको हकहितका लागि सदैव संगठनलाई जागरुक बनाइ रहेन उनले प्रतिवद्धता व्यक्त गरे।