नयां सरकार गठन प्रक्रियाको बारेमा राष्ट्रपतिसंग कांग्रेस एमालेका नेताहरुको सामुहिक छलफल

नयां सरकार गठन प्रक्रियाको बारेमा राष्ट्रपतिसंग कांग्रेस एमालेका नेताहरुको सामुहिक छलफल


काठमाण्डु – नयां सरकार बनाउने निर्णय गरेका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र एमालेका नेताहरु मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिपछि कांग्रेस र एमालेका नेताहरु सोमबार राति राष्ट्रपति भवन पुगेका हुन् ।

भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरू रमेश लेखक,ज्ञानेन्द्र बहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल सहभागी थिए । भेटमा राष्ट्रपति पौडेलसंग नयां सरकार गठन प्रक्रियाको बारेमा छलफल भएको स्रोतले बतायो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । एमालेले उनलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयां सरकार गठनको प्रक्रिया सुरु हुनेछ । एमाले र कांग्रेसबीच राष्ट्रपति पौडेललाई राखेर नै नयां सरकार गठनबारे छलफल भएको छ ।

दुवै दलबीच एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने, निर्वाचन प्रणालीमा सुधा गर्ने, संविधान संशोधन गर्नेलगायतको सहमति भएको छ ।