देउवाले बनाए यस्तो रणनिती : कांग्रेसमा प्रकाशनमानविरुद्ध गगन

देउवाले बनाए यस्तो रणनिती : कांग्रेसमा प्रकाशनमानविरुद्ध गगन


काठमाडौं-  कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको निर्वाचन जसरी पनि जित्नै पर्ने जनाई युवा नेता गगन थापाको नाममा प्रकाशमान सिंहविरुद्ध अभियान चलाउन निर्देशन दिएको पाइएको छ । कुनै वेला कांग्रेसभित्रको लडाइँमा थापाले गणेशमानको छोरा हुँदा पनि प्रकाशमान काम नलाग्ने भन्दै दिएको अभिव्यक्तिलाई देउवा पक्षले अहिले दलको चुनाव जित्ने अस्त्र बनाएको हो ।

बिहीबार होटल सांग्रिलामा जम्मा भएका कांग्रेस नेता एनपी साउद र चन्द्र भण्डारीसहितको बियर बैठकमा देउवालाई चुनाव जिताउन गगन थापाको प्रयोग गर्न देउवाले निर्देशन दिएको तथ्य खुलेको हो ।

दिउँसैबाट बियरसहित होली मनाएका नेताहरूले पहिलो बोतल सकाएपछि केही कुरा खोले । रसुवाका सांसदसमेत सो बियर बैठकमा सहभागी थिए भने अन्य केही ठेकेदारसहित कांग्रेस नेता भण्डारी र साउदले बैठक गरेका थिए । त्यही क्रममा उनीहरूबीच युवा नेता गगन थापाको विगतको अभिव्यक्ति उधृत गर्दै देउवाको निर्देशन सुनाएका थिए ।

सो होटलका एक कर्मचारीले दिएको जानकारीअनुसार बिहीबार होली मनाउन केही ठेकेदारसहित जम्मा भएका साउद र भण्डारी सहितका सहयोगीहरूले प्रकाशमान हराउनै पर्ने भन्दै बियर सुरु गरेका थिए

‘गगन थापाले भनेका छन् गणेशमानको छोरा हुँदैमा हुन्न, कांग्रेसमा प्रकाशमानजस्तो काम नलाग्ने नेता कोही छैन, उसको काम छैन,’ बियरको चुस्कीसँगै कांग्रेस नेता भण्डारीसँगै रहेका एक सहयोगीले भने । उनले यसो भनिरहँदा भण्डारीले केही बोलेनन् भने साउद सहितका सबैले ठीक हो, यो कुरा अगाडि बढाउनुपर्छ, गगन पनि सिंहको पक्षमा छैनन् भन्ने निष्कर्ष सुनाए ।

दुवैतिर विदेशी महिला बियरसहित आफ्नै धुनमा रहेकोले कांग्रेस नेताहरूलाई अरूले सुन्नेमा शंका लागेन । तर, अलिक पछाडि रहेका एक युवाले भने उनीहरूको बियर बैठकको संवाद राम्रैसँग सुने । ‘उहाँहरू बसेको वरपर विदेशी महिला आफ्नै धुनमा रमाइरहेका थिए, बियर बैठक गर्दै सबैले देउवाको विकल्प छैन भन्दै जिताउनुपर्छ भने तर एक जनाचाहिँ त्यो भन्दा सुनिरहेका थिए,’ ती युवाले भने । उनका अनुसार कांग्रेस नेताको बियर बैठक दिउँसोदेखि अबेर साँझसम्म चलेको थियो ।

नेपाली कांग्रेसको संसदीय दलको नेता बन्नका लागि सभापति देउवा र पूर्वउपसभापति प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन् । महामन्त्री डा. शशांक कोइराला भने दुवैले छाडे आफू सर्वसम्मत दलको नेता बन्ने बताइरहेका छन् । तर, कसैको पक्षमा खुलेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिला नै कोइराला सिंहकै पक्षमा उभिने बताए पनि उनी खुलेका छैनन् ।

दुवैतिर विदेशी महिला बियरसहित आफ्नै धुनमा रहेकोले कांग्रेस नेताहरूलाई अरूले सुन्नेमा शंका लागेन । तर, अलिक पछाडि रहेका एक युवाले भने उनीहरूको बियर बैठकको संवाद राम्रैसँग सुने । ‘उहाँहरू बसेको वरपर विदेशी महिला आफ्नै धुनमा रमाइरहेका थिए, बियर बैठक गर्दै सबैले देउवाको विकल्प छैन भन्दै जिताउनुपर्छ भने तर एक जनाचाहिँ त्यो भन्दा सुनिरहेका थिए,’ ती युवाले भने । उनका अनुसार कांग्रेस नेताको बियर बैठक दिउँसोदेखि अबेर साँझसम्म चलेको थियो

यही २१ फागुनमा दलको नेता चयनका लागि चुनाव तोकिसकेको छ । सोही निर्वाचनलाई मध्यनजर गरी दुवै नेताले आफू निकटको प्रयाश गरेका छन् । यही क्रममा देउवाले बरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला पक्षधर सांसद तान्न साउदमार्फत भण्डारीसहितको बियर बैठक बसाउन लगाएको बुढानीलकण्ठ स्रोतको भनाइ छ । सो बैठकको निष्कर्षअनुसार सबैजसो युवा सांसदलाई गगन थापाको विगतको भनाइ उधृत गर्दै सिंहविरुद्ध उभिन परिचालिन गरिनेछ । देउवा हारे कांग्रेस नै संकटमा पर्ने भन्दै उनीहरूले सिंहलाई रोक्न वा चुनावमा हराउनेभन्दा अर्को विकल्प नभएको निष्कर्षसमेत सुनाएका थिए ।

सो बैठकमा साउद, भण्डारीबाहेक रसुवाबाट निर्वाचित सांसदसहित केही ठेकेदार रहेका थिए । उनीहरूको बियर बैठकमा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्षसमेत रहेका शर्मा एन्ड कम्पनीका प्रमुख रमेश शर्मा यसो देखिएर हिँडेका थिए ।

सोही होटलका एक अधिकृतका अनुसार प्रतिष्ठित ठेकेदार शर्मा दिउँसै बियर बैठक देखेपछि साउद र भण्डारीसहितका सबैसँग हात मिलाएर ‘आफुले लिन नहुने, देखेपछि मन लाग्ने’ भन्दै मुस्कान दिएर बिदा भएको थिए । आजको सौर्य दैनिकमा समाचार छ ।