देउवा निकट सर्लाही कांग्रेस सभापति सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर

देउवा निकट सर्लाही कांग्रेस सभापति सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा र कुमार रेग्मीको इजलासले मंगलवार सिंहलाई भ्रष्टाचारी ठहर गरेको हो ।

सिंहमाथि मन्समरा सिंचाई आयोजनामा उपभोक्ता समितिको अध्यक्ष हुंदा भ्रष्टाचार गरेको आरोप थियो । सभापति सिंहलाई बचाउन अदालतमा ठुलो चलखेल थियो ।

सिंह नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा निकट थिए । सिंहले सर्लाहीमा प्रशासनलाई मिलाएर सिंसम काटेर भारत तस्करी गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेषमा मुद्दा दायर हुनुभन्दा पहिला उनि ६ महिना अख्तियारको हिरासतमा बसेका थिए । विशेष अदालतले समेत उनलाई साढे ३ वर्ष जेल र साढे ३ करोड जरिवाना तोकेको थियो । सर्वोच्चले विशेष अदालतकै फैसलालाई सदर गरेको हो ।