नेपाली कांग्रेसका महामन्त्री शशाङ्कले भने – जनताले संघियता बुझेनन् 

नेपाली कांग्रेसका महामन्त्री शशाङ्कले भने – जनताले संघियता बुझेनन् 


चितवन- नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले जनताले सङ्घीयता नबुझेको दाबी गरेका छन् । उनले जनता र नेताले संघियताको बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।

शनिबार भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले संविधानमा व्यवस्था भएअनुसार सङ्घीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताए । उनले भने, ‘सङ्घीयताका विषयमा सरकार, राजनीतिक दलका नेता र आम जनताले अझै बुझ्न सकेका छैनन् ।’

एक\दुईवटा निर्वाचनपछि सङ्घीयता कार्यान्वयन सहज भएर जाने पनि उनले बताए । महामन्त्री कोइरालाले काङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसंग निर्वाह गरिरहेको बताए । उनले भने, ‘सरकारका राम्रोलाई राम्रो र गलतलाई गलत भन्नुपर्छ । कांग्रेस जिम्मेवार प्रतिपक्षी भएकाले सरकारका हरेक गतिविधिलाई नजिकबाट हेरेर मूल्याङ्कन गर्नेछ ।’

फरक प्रसङ्गमा उनले देशभरका नेता कार्यकर्ताको राय बुझेर आफूले पार्टीको सभापतिमा उम्मेदवारी दिने वा नदिने टुङ्गो लगाउने बताए ।