नेपाल चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानी सम्बन्धी समझदारी

नेपाल चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानी सम्बन्धी समझदारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ ।

चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवाल सहितका पदाधिकारीसमक्ष युनान प्रान्तमा विभिन्न व्यावसायिक क्षेत्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरूले लगानी र व्यापार सहजीकरणबारे छलफल गरेका थिए ।

खासगरी उद्योग, व्यापार र सेवा क्षेत्रमा सम्भाव्य लगानीका क्षेत्रहरूको पहिचान र दुईपक्षीय हित प्रवद्र्धन गर्न सकिने खालको प्रस्ताव ल्याउन अध्यक्ष अग्रवालले चिनियाँ व्यवसायीसमक्ष आग्रह गरे ।

पूर्वाधार निर्माण, रियल स्टेट, व्यापार वृद्धि, चिया, औद्योगिक विकास एवं सांस्कृतिक क्षेत्रमा २ पक्षीय लगानी र व्यापार साझेदारीका विभिन्न विकल्पबारे २ देशका निजी क्षेत्रबीच महत्त्वपूर्ण छलफल भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चेम्बर अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरे । नेपालमा लगानीको वातावरण एवं प्रतिफल सुनिश्चितताका लागि चेम्बरले पहल गर्ने समेत अध्यक्ष अग्रवालले प्रतिबद्धता जनाए ।

अध्यक्ष अग्रवालले भने, ‘नेपालमा विभिन्न क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरूसमक्ष आग्रह गर्दछु । यहाँ हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालले प्रतिबद्धता जनाए । यसका लागि बीटुबी भ्रमण र सहकार्यलाई बढाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपालमा राजनीतिक स्थिरता, कानूनी पाटोमा सुधार हुँदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको समेत उनले लगानीकर्ताहरूलाई अवगत गराए ।

नेपाल र चीन दुवै मुलुकले लगानी र व्यापारिक साझेदारीमार्फत आर्थिक फाइदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपाल भ्रमणका लागि समेत उनले चिनियाँ उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् ।