एनसेलले ल्यायो नयाँ टिकटक प्याक

एनसेलले ल्यायो नयाँ टिकटक प्याक


काठमाण्डु – एनसेलका सबै ग्राहकहरूले अब मज्जाले टिकटक चलाउन पाउने भएका छन् ।

एनसेलले शुक्रबार टिकटक प्याक सञ्चालनमा ल्याएको छ । अब सबै सधैं अनका प्याकहरूमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ ।

ग्राहकहरूले करसहित मात्र १७५ रुपैयाँमा ७ दिनसम्ममा अनलिमिटेड टिकटक चलाउन पाउँछन् । त्यति मात्र नभई यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्ने एनसेलले जनाएको छ ।

सरकारबाट टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरूमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको छ । अब सधैं अन प्याकहरूमा ग्राहकले फेसबूक, इन्स्टाग्राम र यूट्युबका साथसाथै टिकटक पनि निःशुल्क रूपमा आउने डेटाबाट चलाउन पाउँछन् ।

‘नेपालमा औधी मन पराइएको सामाजिक सञ्चाल टिकटकमा लगाइएको रोक हटाइनु दूरसञ्चार क्षेत्र र ग्राहकहरू सबैका लागि स्वागत योग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौं,’ एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसीनले भने, ‘हामीले आजैबाट लागू हुने गरी सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौं र साथै सधैं अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौं । यसले हाम्रा ग्राहक वर्गलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौं ।’

एनसेलले सधैं अन योजना अन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ प्रकारका प्याकहरू प्रदान गर्दै आएको छ । बेसिकमा ७ दिन समयसीमा रहेको सधै अन प्याकमा ग्राहकहरूले अन्य बन्डल सेवाहरू बाहेक १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन् ।

सधैं अनको २८ दिने बेस्ट अन्तर्गतका प्याकहरूमा प्याकअनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् । सधैं अन अनलिमिटेड प्याकहरू अन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ ।

मन्त्रिपरिषद्को २०८१ भदौ ६ गतेको बैठकबाट टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको थियो । निर्णयपश्चात नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरेर सबै मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई टिकटकमाथिको रोक हटाउन निर्देशन दिइसकेको छ ।