एनसेल फाउन्डेसनको घोषणा

एनसेल फाउन्डेसनको घोषणा


काठमाण्डु-निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ‘एनसेल फाउन्डेसन’को घोषणा गरेको छ । एनसेल स्थापनाको १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको अवसरमा आज आयोजित विशेष कार्यक्रममा फाउन्डेसनको घोषणा गरिएको हो ।

फाउन्डेसनका तीन उद्देश्य राखिएको छ । पहिलो, सबैभन्दा धेरै आवश्यकतामा रहेका व्यक्तिलाई फाउन्डेसनमार्फत सहयोग गरिनेछ । दोस्रो, ‘डिजिटल डिभाइड’का निम्ति काम गरिनेछ । तेस्रो, स्वस्थ र दिगो नेपालको विकासमा योगदान गरिने एनसेलका सीईओ जाब्बोर कायुमोभले बताए ।

१९ वर्षदेखि एनसेलले सामाजिक उत्तरदयित्वका क्षेत्रमा दुई अर्ब रुपैयाँभन्दा बढी योगदान गरेको उनले जानकारी गराए ।