एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’बाट सम्मानित भएकी छन् ।

उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत अवार्ड पाएकी हुन् ।

अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्त्वपूर्ण कार्यहरू र ती कार्यहरूको प्रभावको सम्मान हो । अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौंदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी लगायतका क्षेत्रहरूमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरूको प्रमाण रहेको जनाइएको छ ।

‘यो हाम्रो टीम एनसेलले गरेको सामूहिक प्रयासको नतिजा हो र हामीले गरेका सामाजिक पहलहरूले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुशी छौं । एनसेल फाउन्डेसनको सुरुवातसँगै हामी सामाजिक पहलहरूमार्फत समुदायमा सकारात्मक र दीगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन र दीगो विकास लक्ष्यहरू प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौं,’ खड्काले भनिन् ।

एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशैभर १०० भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको छ । रिङरोडको कोटेश्वर–कलंकी १०.२ किलोमिटर सडक खण्डको दुवैतिर गरिएको ल्याण्डस्केपिङ र हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयहरूमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरी सञ्चालन गरिएको एटीन फर एटीन सामाजिक पहल एनसेलले कार्यान्वयन गरेको केही प्रमुख परियोजनाहरू रहेका छन् ।

आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुवात गरेको घोषणा गरेको छ । यसअन्तर्गत एनसेल फाउन्डेसनले ७ वटै प्रदेशको सामुदाय स्तरमा कूल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ ।

एनसेलले विभिन्न सामाजिक पहलहरूमा २ अर्बभन्दा बढीको योगदान गरिसकेको छ । सामाजिक परियोजनामार्फत सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याएकोले एनसेल १ दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित भइसकेको छ ।

वुमन्स ट्याब्लोइड अवाडर््सले मुख्य रूपमा वुमन लिडर, चिफ एक्जिक्युटिभ अफिसरहरु, उद्यमीहरू र महिलाले सञ्चालन गरेका व्यवसायहरूको उल्लेखनीय उपलब्धिहरूको सम्मान गरेको एनसेलले जनाएको छ । वुमन ट्याब्लोइड एउटा ग्लोबल बिजनेश म्यागेजिन हो जसले विभिन्न उद्योगहरूमा महिलाहरूले गरेको उपलब्धि, चुनौती र योगदानलाई हाइलाइट गर्दछ ।