एनसेलले ल्यायो दशैं रिचार्ज बोनस

एनसेलले ल्यायो दशैं रिचार्ज बोनस


काठमाण्डु – एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजनाल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् ।

यो योजना मंगलबारदेखि संचालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलकाग्राहकले १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने १० बोनस स्वरुप प्राप्त गर्नछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।

यस योजनाअन्तर्गत यदिग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि १५० रिचार्ज गरेमा २० बोनस स्वरुपप्राप्त गर्छन् । प्राप्तबोनस रकम ३ दिनको लागिमान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम७दिनको लागिमान्य हुन्छ ।

यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्तबोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनप्रयोग गर्न सक्छन् ।

आफ्ना ग्राहकका लागि १०० वा सोभन्दा बढिको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्तितगर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ ।