एनसेलले प्राधिकरणलाई बुझायो चार अर्ब

एनसेलले प्राधिकरणलाई बुझायो चार अर्ब


काठमाडौैं –दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सेवा सञ्चालन अनुमतिपत्र नवीकरणको चार अर्ब रुपैयाँ नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ ।

प्राधिकरणका अनुसार कम्पनीले नवीकरण शुल्कको पहिलो किस्तास्वरुप उक्त रकम भुक्तानी गरेको हो । यही जेठ १६ मा सरकारले टेलिकम कम्पनीले तिर्नुपर्ने शुल्क र किस्ता रकम निर्धारण गरेको जानकारी दिएको थियो ।

गत चैतमै टेलिकम कम्पनीका लागि नवीकरण दस्तुरबापत २० अर्ब रुपैयाँ तिर्नुपर्ने प्राधिकरणले निर्णय गरेको थियो । २० अर्बमध्ये प्रत्येक वर्ष किस्ताबापत चार अर्ब रुपैयाँ सरकारलाई तिर्नुपर्छ । नेपाल टेलिकमले पनि उक्त रकम तिर्ने तयारीमा रहेको जनाएको छ ।