काठमाण्डु– एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन–३को आयोजना हुने भएको छ । जसमा हिमालय टिभी आधिकारिक प्रसारण साझेदारको रूपमा रहने भएको छ।
हिमालय टिभीले लिगका खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ।नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलले राष्ट्रिय फुटबललाई तीव्र गतिमा उचाईमा पुर्याएको छ।
नेपाल सुपर लिग (एनएसएल) नेपालको फ्रान्चाइजमा आधारित पहिलो व्यावसायिक फुटबल लिग हो। यसले देशका उत्कृष्ट प्रतिभाहरूलाई आकर्षित गर्ने प्रयास गर्दछ।
एनएसएलले नेपाली फुटबललाई व्यापक रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ जहाँ खेलाडी र टिमहरूसँगै फ्यानहरू पनि मैदानमा उत्रिएर खेल भावनामा रमाउन सक्छन्।
एनएसएलको तेस्रो सिजनमा टिकेटिङ पार्टनर खल्ती, आइएमई पे रहेका छन् ।
तेस्रो सिजन मार्च २९ देखि सुरु हुने छ । समर्थकहरूले खल्ती र आइएमई पेमार्फत डिजिटल वालेट, मोबाइल बैङ्किङ र अनलाइन भुक्तानीका माध्यमहरू प्रयोग गरी भौतिक लेनदेन बिना नै खेलका टिकटहरू तुरुन्तै किन्न सकिने छ ।
प्रतिक्रिया