संविधान संशोधनमा अगाडि बढ्यो एकीकृत समाजवादी, उपाध्यक्ष ज्वालालाई कार्यदलको नेतृत्व

संविधान संशोधनमा अगाडि बढ्यो एकीकृत समाजवादी, उपाध्यक्ष ज्वालालाई कार्यदलको नेतृत्व


काठमाण्डु – संविधान संशोधनको मुख्य एजेन्डा बोकेर सरकार बनाएका नेपाली कांग्रेस र नेकपा एमालेले औपचारिक प्रक्रिया अगाडि नबढाए पनि प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादी संविधान संशोधन प्रक्रियामा अगाडि बढेको छ ।

मंगलबार बसेको एकीकृत समाजवादीको बैठकले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ, जसको नेतृत्व उपाध्यक्ष प्रकाश ज्वालालाई दिइएको छ ।

कार्यदलको सदस्यमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।