विद्युत् प्राधिकरणका कर्मचारीले घुस मागे? ११५१ मा फोन गर्नुस्

विद्युत् प्राधिकरणका कर्मचारीले घुस मागे? ११५१ मा फोन गर्नुस्


काठमाडौं– के नेपाल विद्युत प्राधिकरण प्राधिकरणका कर्मचारीले दुःख दिए? गुनासो सम्बोधन गरेनन् वा सेवा लिँदा घुस मागे?  

त्यस्तो समस्या आइलागेमा ११५१ नम्बरमा फोन गर्नुस्। उक्त नम्बरमा फोन लाग्ने छैन।

 

नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ सेवा सञ्चालनमा आएको ऊर्जा मन्त्री महेन्द्रबहाहुर शाहीले जानकारी दिए।

महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो व्यवहार नगरे नोलाइट शाखामा फोन नउठाउनेलाई उपभोक्ताले सिधै गुनासो गर्न सक्ने र कारबाहीको दायरामा ल्याउन यस्तो संयन्त्र कामयावी हुने मन्त्रालयको विश्वास छ।

 

मिटर पाइएन, जडान गर्न कर्मचारीले अटेर गरे तथा पैसा नदिई काम गरेनन् भने पनि सिधै सो नम्बरमा फोन गर्न सकिनेछ।  मन्त्री शाहीले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन उक्त हटलाइन टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको बताए।

प्राधिकरणले सो हटलाइन सेवा सञ्चालनका लागि चौबीसै घन्टा कार्यरत रहनेगरी तीन–तीनजनाका दरले कर्मचारी उपलब्ध गराएको छ।

 

प्राधिकरणले ‘एनइए अफिसिएल’ नामक मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याएको छ। प्राधिकरणको आइटी विभागले तयार पारेको सो एप्लिकेसनमा प्राधिकरणका सबै गतिविधि उपलब्ध हुनेछ। ग्राहकले आफ्नो विद्युत् महसुल कति उठेछ भन्नेसमेत हेर्न सक्नेछन् ।