नेविसंघको अध्यक्षमा राजीव ढुंगाना, मनोज वैद्य महामन्त्री

नेविसंघको अध्यक्षमा राजीव ढुंगाना, मनोज वैद्य महामन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय तर्थ समितिको गठन गरेका हुन् ।

विधान अनुसार ३२ वर्षे उमेर हद लागू गर्न मागसहित सानेपामा आमरण चलिरहेका बेला सभापति देउवाले ४८ वर्षीय ढुंगानालाई भातृ संगठन नेविसंघको अध्यक्षमा मनोनित गरेका हुन् ।

यसअघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको २०७५ माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले अधिवेशनमा भाग लिन पाउनेछन् ।

केन्द्रीय तर्थ समितिको अध्यक्षमा ढुंगाना, महामन्त्री मनोज वैद्य र महेश्वरी कुँवर रहेका छन् ।

तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ ।