काठमाडौं – मंगलबार नेपाल विद्यार्थी संघ (नेविसंघ)ले देशभरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त तरकारी’ पठाएको छ ।
भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेर जनतालाई ‘विष’ खुवाउन खोजेको भन्दै मन्त्री कुन्दन काफ्ले, नेविसंघका निवर्तमान केन्द्रिय सदस्य सुशिल भट्टलगाएत नेविसंघका नेता, कार्यकर्ताले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्रीलाई तरकारी उपहार पठाएको नेविसंघले जनाएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ पूर्वमहामन्त्री काफ्लेले भारतीय तरकारी बिना जाँच आयात गर्ने सरकारी निर्णय विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए ।
जसअनुसार आज मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट प्रधनमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल प्रधानमन्त्रीलाई उपहार पठाइएको नेविसंघले जनाएको छ ।
प्रतिक्रिया