स्ववियु निर्वाचनका लागि नेविसंघको घोषणापत्र सार्वजनिक

स्ववियु निर्वाचनका लागि नेविसंघको घोषणापत्र सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

विद्यार्थी जीवनसँग सम्बन्धित समस्याको समाधान र नीतिगत सुधारका कार्ययोजना घोषणापत्रमा समेटिएका छन् ।

नेविसंघले विद्यार्थीको भावना र विचारलाई समेट्न व्यापक रूपमा सुझाव संकलन गरी प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्दै २८ पृष्ठको घोषणापत्रमा सार्वजनिक गरेको हो ।

घोषणापत्रमार्फत विद्यार्थीको समस्याको समाधानमा केन्द्रित रही निर्वाचनमा प्रभावकारी र वैचारिक उपस्थिति सुनिश्चित गर्ने उद्देश्य राखेको जनाइएको छ । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ ।