नेफ्टा अवार्डः ‘छक्का पन्जा ३’ र ‘प्रसाद’ सर्वोत्कृष्ट, कसले कुन अवार्ड जिते ?

नेफ्टा अवार्डः ‘छक्का पन्जा ३’ र ‘प्रसाद’ सर्वोत्कृष्ट, कसले कुन अवार्ड जिते ?


काठमाण्डु – नेपाल चललिचत्र प्राविधिक संघको आयोजनामा ‘१० औं नेफ्टा फिल्म अवार्ड’ सम्पन्न भएको छ ।

शनिबार काठमाण्डुमा सम्पन्न अवार्ड समारोहमा ‘छक्का पन्जा ३’ र ‘प्रसाद’ चलचित्र सर्वाधिक विधामा उत्कृष्ट भएका छन् । छक्का पन्जा ३ र प्रसाद समान ६/६ विधामा सर्वोत्कृष्ट घोषित भएका हुन् ।

उक्त अवार्ड समारोहमा २०७५ सालमा प्रदर्शन भएका चलचित्रहरू मध्येबाट ३१ विधाका उत्कृष्ट कलाकार तथा निर्देशकलाई अवार्ड वितरण गरिएको हो ।

विभिन्न विधामा अवार्ड पाउनेहरुः

मेकअप एन्ड हेयर:  शमशेर लामा– रोमियो एन्ड मुना
कस्ट्युम डिजाइनर:  युबी थापा– इन्टुमिन्टु लन्डनमा
कला निर्देशक:  पासाङ टी शेर्पा– रोमियो एन्ड मुना
ब्याकग्राउन्ड स्कोर:   एलिस कार्की– डमरुको डन्डिबियो
ध्वनी मिश्रण:   मुकेश शाह– डमरुको डन्डिबियो
गीतकार:  जाऊँ माया सरर, गणेश शाह– प्रसाद
संगीत:   जाऊँ माया सरर, सुवास भुषाल– प्रसाद
एरेन्जर:  जाऊँ माया सरर, उदयराज पौडेल– प्रसाद
गायक:  जाऊँ माया सरर, केतन क्षेत्री– प्रसाद
गायिका:  समिक्षा अधिकारी– नाइँ नभन्नू ल–३
कथा:  छक्का पञ्जा–३
पटकथा:  छक्का पञ्जा ३– दीपकराज गिरी
संवाद:  सुशिल पौडेल– प्रसाद
ट्रेलर:  साहिल खान– ए मेरो हजुर ३
भीएफएक्स:  रोमियो एन्ड मुना
रङ संयोजन:   अर्जुन कार्की– हरी
आदिवासी जनजाति:  प्राङ्गना– तामाङ फिल्म
सह–अभिनेत्री (महिला):  सुरक्षा पन्त– गोपी
सह–अभिनेता (पुरुष):  अनुप बराल– डमरुको डन्डिबियो
अभिनेता–नेगेटिभ रोल:  प्रमोद अग्रहरी – कथा काठमाण्डू्
अभिनेता कमेडी:  केदार घिमिरे– छक्का पञ्जा ३
द्वन्द्व निर्देशक:  चन्द्र पन्त– रणवीर
नृत्य निर्देशक:  कविराज गहतराज– ए मेरो हजुर ३
डेब्यु अभिनेत्री (महिला):  सुहाना थापा– ए मेरो हजुर ३
डेब्यु अभिनेता (पुरुष):  धीरज मगर– इन्टु मिन्टु लन्डनमा
डेब्यु निर्देशक:  संगीता श्रेष्ठ – कथा काठमाण्डु
सम्पादक:  मित्र गुरुङ – कथा काठमाण्डु
छायांकार:   चिन्तनराज भण्डारी– हरी
पपुलर अभिनेत्री:  साम्राज्ञी शाह
पपुलर अभिनेता:  अनमोल केसी
पपुलर फिल्म:  छक्का पञ्जा ३
जुरी अवार्ड फिल्म:   हरि
अभिनेता:  बिपिन कार्की– प्रसाद
अभिनेत्री:   मेनुका प्रधान– साइँली
निर्देशक:  दीपाश्री निरौला– छक्का पञ्जा ३
फिल्म:  छक्का पञ्जा ३