बढ्यो पेट्रोल-डिजेलको भाउ,कति पुग्यो ?

बढ्यो पेट्रोल-डिजेलको भाउ,कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले पनि वृद्धि गरेको हो ।

भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेल/मट्टितेलमा २.५४ रुपैयाँले बढेर आएपछि निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले डिजेल,मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।