ललितपुर-नेपाल कम्युनिष्ट पार्टी–मदनवादी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ ।
सो पार्टीका केन्द्रीय प्रवक्ता बिष्णुप्रसाद ढुंगानाले एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो जानकारी गराए। निवास खुमलटारमा अध्यक्ष प्रचण्डले उनीसहित सिंगो पार्टीलाई नेकपामा स्वागत गरे। पार्टीमा स्वागत गर्दै अध्यक्षले देशको समृद्धि र समाजवादको लक्ष्य पुरा गर्न छरिएर रहेका सबै कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्ने बताए।
उनले नेकपामा समाहित हुने निर्णय सहि निर्णय भएको बताए। राष्ट्रिय एकतालाई सुदृढ गर्ने, कम्युनिष्ट आन्दोलनलाई बलशाली बनाउने र त्यसको प्रभाव राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा पनि विस्तार गर्ने उद्देश्यका साथ पार्टी एकता गरेको उल्लखे गरे। अध्यक्षले भने, ‘पार्टी एकतालाई बचाउने र सुदृढ गर्ने जिम्मेबारी सबै कम्युनिष्टहरु छ ।’
प्रवक्ता विष्णु प्रसाद ढुंगानाले देशको राजनीतिको मूलप्रवाह बनिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एकीकृत हुँदै एउटै कम्युनिष्ट पार्टी निर्माण गर्दै अघि बढ्नुपर्ने आवश्यकता देखिएकोले नेकपामा सिंगो पार्टी नै समाहित गरेको बताए।
प्रतिक्रिया