काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नियमावलीको अन्तिम टुंगो केन्द्रीय सचिवालयले लगाउने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई अन्तिम रुप दिने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिने निर्णय गरेको हो।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पुनः स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरिएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले सरकारले चीन र भारत दुवै छिमेकी मुलुकसँग घनिष्ट सम्बन्ध कायम गर्न सफल भएको बताएका थिए।
बैठकमा नेताहरुले पार्टी जनवर्गीय संगठनहरुको एकीकरण अभियानलाई सम्पन्न गर्न ढिलाई गर्न नहुनेमा पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
पार्टी सचिवालयको तर्फबाट महासचिव विष्णु पौडेलले पेश गरेको मस्यौदा नियमावलीलाई परिमार्जन गर्न पनि स्थायी समितिका सदस्यहरुले सुझाव दिएका थिए ।
प्रतिक्रिया