संखुवासभा – संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षका लागि भएको उपनिर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ ।
शनिबार भएको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपाका उम्मेदवार तेजबहादुर पोखरेलले ३ हजार १८ मत ल्याएर विजयी भए । प्रतिस्पर्धी नेपाली कांग्रेसका विमन पराजुलीले २ हजार २१६ मत ल्याए ।
समाजवादी पार्टीका नुर्वु शेर्पाले २२९ मत पाए । बाँकी चार राजनीतिक दल राप्रपा संयुक्त, राष्ट्रिय जनमुक्ति, राप्रपा, संघीय लोकतान्त्रिक मञ्चले दोहोरो अङ्क कटाउन सकेनन् ।
प्रतिक्रिया