काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो महाधिवेशन ०७७ को चैतमा हुने भएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २०७७ चैतमा एकतापछिको पार्टीको पहिलो महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।
राष्ट्रिय सभागृहमा जारी पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ०७७ चैत २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।
प्रतिवेदनमा ०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहको अधिवेशन गरिसक्ने बताइएको छ।
प्रतिक्रिया