बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बुधवारदेखि जारी केन्द्रीय कमिटीको समापन बैठकअघि सचिवालय बसेको हो ।

सचिवालयअघि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्न र सुझावहरुका विषयमा छलफल हुने बताइएको छ ।

बुधवारदेखि जारी बैठकको समापनमा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले आफूहरुले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन तथा संगठनात्मक प्रतिवेदनमाथि कन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् । समापन बैठकमा भने प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।