रात्रिभोजमा सहभागी हुन नेकपा नेतालाई ह्वीप जारी गरियो

रात्रिभोजमा सहभागी हुन नेकपा नेतालाई ह्वीप जारी गरियो


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसदहरुलाई आइतबार साँझ ६ बजे रात्रिभोज दिइने भएको छ ।

नेकपाका एक केन्द्रीय सदस्यले बताएअनुसार साँझ ६ बजे रात्रिभोजका लागि सवै केन्द्रीय सदस्य तथा सांसदहरुलाई बालुवाटारमा निमन्त्रणा गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार साँझका लागि तय भएको रात्रिभोजमा अनिवार्य उपस्थितिका लागि सांसदहरूलाई ह्वीप जारी गरिएको छ ।

जारी केन्द्रीय समिति बैठक आइतबारै सक्ने तयारी छ । बैठक सकिएपछि नेताहरु जिल्ला फर्कने भएकाले आजै सबैलाई समेटेर रात्रिभोजको व्यवस्था गरिएको हो ।