नेकपा सांसदको लेबी घट्यो, अध्यक्षको १२ हजार

नेकपा सांसदको लेबी घट्यो, अध्यक्षको १२ हजार


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का सांसदहरुको मासिक लेवी ५० प्रतिशत घटाइएको छ । सांसदले पार्टीलाई बुझाउँदै आएको मासिक लेवी र पार्टीको सदस्यता शुल्क भारी मात्रामा घटाउने भएको हो ।

यसअघि पूर्व एमालेका सांसदहरुले पार्टीलाई मासिक १३ हजार र पूर्व माओवादीका सांसदहरुले १२ हजार रुपैयाँ बुझाउँदै आएका थिए ।

जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सांसदहरुको मासिक लेवी ५० प्रतिशत घटाउने घोषणा गरेका छन् ।

यसैगरी पार्टी सदस्यता शुल्क पनि ५० प्रतिशत नै घटाइएको छ भने पार्टी केन्द्रीय सचिवालयमा महिलाको संख्या बढाउने निर्णय गरिएको छ ।