नेकपाको सचिवालय बैठक सुरु, यस्ता विषयमा हुँदैछन् छलफल

नेकपाको सचिवालय बैठक सुरु, यस्ता विषयमा हुँदैछन् छलफल


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बिहीवार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको बैठकमा पार्टी एकताका बाँकी कामहरूलाई अन्तिम रूप दिने विषयमा छलफल हुने बताइएको छ ।

जनवर्गीय संगठन र विभागको नेतृत्वको टुंगो लागेको नेकपामा अझै पनि आयोग, सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी र प्रवास संगठनको एकता घोषणा हुन बाँकी छ ।

यसअघि बुधवार बसेको बैठक विनानिष्कर्ष सकिएको थियो । प्रधानमन्त्री ओली आज सिंगापुर प्रस्थान गर्नुअघि बसेको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुनसक्ने अपेक्षा गरिएको छ ।