पहिलो पटक प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक सुरु

पहिलो पटक प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक सुरु


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको क्रममा सिंगापुर गएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पहिलोपटक नेकपाको सचिवालय बैठक बसेको हो ।

बैठकले पार्टीको सांगठनिक एकता एवम् केन्द्रीय सदस्यहरूको कार्यविभाजनको बाँकी काम सक्ने गरी छलफल गन बताईएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा आज पहिलोपटक बैठक बसेको हो । बैठक डाक्नुअघि प्रचण्डले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग परामर्श गरेका थिए । यसअघि बैठकको अध्यक्षता दुवै अध्यक्षले संयुक्त रूपमा गर्दै आएका थिए ।