नेकपाका नेता–कार्यकर्ताले सार्वजनिक ठाउँमा आफ्ना नेताको आलोचना गर्न नपाउने

नेकपाका नेता–कार्यकर्ताले सार्वजनिक ठाउँमा आफ्ना नेताको आलोचना गर्न नपाउने


काठमाडौं – पार्टी एकता भएपछि पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिबालय बैठकले पार्टीमा आबद्व नेता कार्यकर्ताहरूले आफ्ना नेता तथा कार्यकर्ताका बारेमा सार्वजनिक ठाउँमा व्यक्तिगत आलोचना गर्न नपाउने निर्णय गरेको छ ।

आज बसेको सचिबालय बैठकले आफ्ना नेता कार्यकर्ताका बारेमा जथाभावी बोले कारवाही हुने निर्णय गरेको हो । यदि कोही नेता कार्यकर्ताले पार्टी नेताहरूका बारेमा व्यक्तिगत टिप्पणी गर्न परे पार्टीभित्रै प्रक्रियागत ढंगले राख्नुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि पूर्व एमाले र पूर्व माओवादीका नेकपाका केन्द्रीय सदस्यहरु सामाजिक सञ्जालमै आरोपपर्त्यारोप गर्दै आएका थिए । नेकपाको आजको सो बैठकपछि अब उनीहरुले सार्वजनिक ठाउँमा पार्टीभित्रका नेता र कार्यकर्तालाई आरोप प्रत्यारोप गर्न पाउनेछैनन् ।