काठमाण्डु– राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन् ।
नेपाल न्यूज बैंकका प्रतिनिधि विजेन अमात्यका अनुसार प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् ।
प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका थिए ।
यस्तै राजावादीहरु सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलतर्फ अघि बढेका छन् । प्रदर्शनका क्रममा आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनीपछि उनीहरु च्यासलतिर अघि बढेका हुन् ।
यस्तै राजावादीको एउटा समूहले कोटेश्वरको भाटभटेनी तोडफोड र आगजनीसमेत गरेका छन् ।
प्रतिक्रिया