नेकपा स्थायी समिति बैठक : ओली-प्रचण्डले आइतबार जवाफ दिने

नेकपा स्थायी समिति बैठक : ओली-प्रचण्डले आइतबार जवाफ दिने


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको प्रश्नको आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जवाफ दिने भएका छन् । आजको बैठकमा स्थायी समितिका ७ जना नेताहरुले अध्यक्षद्वयको प्रतिवेदनमाथि आआफ्नो धारणा राखेका थिए।

अध्यक्षद्वयको प्रतिवेदनमाथि सुरु भएको छलफलमा ४१ जनाले बोलिसकेका छन् । शुक्रबारको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलसहित ७ जनाले बोलेका छन् । बाँकी नेताहरुले भोलि आफ्नो धारणा राख्नेछन् ।

स्थायी समितिका सदस्यहरुले बोल्ने क्रम सकिएपछि पर्सि आइतबार अध्यक्षद्वय ओली – प्रचण्डले  जवाफ दिनु हुनेछ’, बैठकपछि प्रवक्ता श्रेष्ठले भनेका छन् ।