नेकपाको पहिलो बैठक आज बस्दै

नेकपाको पहिलो बैठक आज बस्दै


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो बैठक आज बस्दै छ । ३ जेठमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर नेकपा बनेपछि यो पहिलो बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ वजे बस्ने बैठकलाई पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।

बैठकमा पार्टी सञ्चालन विधि र प्रक्रियाका विषयमा छलफल हुनेछ। नेकपामा ४ सय ४१ केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय सचिवालय बनाइएको छ।