काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी चलाउने र बैठकको अध्यक्षता गर्ने बाटो खुलेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि प्रचण्डले पार्टी बैठक चलाउन सक्ने र एकताको बाँकी काम पूरा गर्ने निर्णय गरेपछि पार्टी अध्यक्ष भएको १८ महिनापछि प्रचण्डले पार्टी बैठक सञ्चालन गर्न पाउने भएका हुन् ।
उपचारका सिलसिलामा सिंगापुर जान लागेका प्रधानमन्त्री ओली ७–८ दिन उतै बस्ने भएकाले यसबीचमा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा हुने समझदारी आजको बैठकमा भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपाले प्रवास कमिटी, छ महानगरको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्य्विभाजन टुंगो लगाउन बाँकी छ । बिहीबार बिहान बसेको सचिवालय बैठकले अब अध्यक्ष प्रचण्डको मात्रै अध्यक्षतमा पनि बैठक सञ्चालन गर्न सक्ने निर्णय गरेपछि अर्का अध्यक्ष प्रधानमन्त्री ओली अनुपस्थित भए पनि पार्टी निर्णयका बाँकी काम रोकिने छैनन् ।
प्रतिक्रिया