नेकपाले शासन सत्ता संचालन गर्ने मौका पटक–पटक पाउँछ : नेता नेपाल

नेकपाले शासन सत्ता संचालन गर्ने मौका पटक–पटक पाउँछ : नेता नेपाल


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाले विश्वमा शासन सत्ता सञ्चालन गर्ने मौका पटक–पटक पाउने बताएका छन् ।

नेकपा विदेश विभागले आयोजना गरेको ‘कम्युनिष्ट पार्टीहरूको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन’ को बुधबार काठमाडौंमा उद्घाटन गर्दै नेता नेपालले जनताले रुचाएको नेकपा नेपालमा सर्वाधिक लोकप्रिय भएको बताउँदै पार्टीले निर्वाचनको माध्यामबाट जनताको विश्वास लिएर शासन सत्ता संचालन गर्ने मौका पटकपटक पाउने बताए ।

लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको नेकपा कुनै पनि खालको निरंकुशताको पक्षमा नलाग्ने र जथाभावी हौवा नफिजाउन अन्य राजनीतिक दललाई चेतावनी दिए ।

‘नेकपा निरंकुश हुन्छ भनेर हल्ला नफैलाउनुस्, नेकपा जनताले रुचाएको पार्टी हो । नेकपा कुनै पनि पक्षमा छैन र हुने पनि छैन ।’ उनले भने, ‘सक्नु हुन्छ भने विकासका कामलाई साथ दिनुहोस्, सक्नुहँदैन भने नेकपा निरंकुश हुन्छ भनेर जथाभाबी भ्रामक हल्ला नफैलाउनुहोस् ।’  वरिष्ठ नेता नेपालले नेपालको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सति सालझै उभिएर काम गरिरहेको बताए ।