काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सी जिनपिङ विचार धाराबारेमा कसैले कपि गर्न नहुने बताएका छन् ।
नेकपाले सी विचारधारा अँगाल्ने चर्चा चलिरहेका बेला बुधबार सामाजिक सञ्लाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले सबै किसिमका सिद्धान्त पढ्नु र बुझ्नु राम्रो कुरा भएको भए पनि कसैको सिद्धान्त कपी गर्नु गलत हुने बताएका छन् ।
‘शी जिनपिङ्ग विचारधारा चीनको कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्तको महत्वपूर्ण हिस्सा हो, हाम्रो होइन’, उनले भनेका छन्, ‘हामी कुनै पनि लोकतान्त्रिक, प्रगतिशील, क्रान्तिकारी, समाजवादी र कम्युनिस्ट आन्दोलन र समाजको अनुभवबाट सिक्न तयार छौँ । तर हामी नक्कल गर्दैनौँ । यसमा कुनै पनि अलमलमा पर्नु जरुरी छैन ।’
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा सी विचारधाराबारे दुई दिने छलफल कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
प्रतिक्रिया